रेडियो नेपालको लोकप्रिय कार्यक्रम संगीत सरोवरको नया शृंखला तपाईका लागि.........................
Sangeet Sarowar # 463
सरू र सरोवर दुबैले बालापनको सम्झना गर्दै लेखेको प्रणय पत्र तथा निम्न गीतहरू समावेश गरिएको सङ्गीत सरोवरको ४६३ औँ सृङ्खला
* तिमी देउ या नदेउ तिम्रो माया मैले मनमा तिमीलाई राखी सकेँ ……. नारायण गोपाल र मीरा राणा
* कान्छी हे कान्छी, कान्छीको हित बोलन, मनको कुरा खोलन ……. प्रकाश श्रेष्ठ र बिमला राई
* हिजो आज मेरो घरमा पराईको कुरा चल्छ ……. जुनु रिजाल

Facebook: Sangeet Sarowar
Quote of the Day: “Dreams are illustrations from the book your soul is writing about you.” ~ Marsha Norman
* तिमी देउ या नदेउ तिम्रो माया मैले मनमा तिमीलाई राखी सकेँ ……. नारायण गोपाल र मीरा राणा
* कान्छी हे कान्छी, कान्छीको हित बोलन, मनको कुरा खोलन ……. प्रकाश श्रेष्ठ र बिमला राई
* हिजो आज मेरो घरमा पराईको कुरा चल्छ ……. जुनु रिजाल
…………थाहा छ सरोवर, हिजो जेठ ७ गते । तिमी अनि हामी सबैले अत्यन्तै माया गर्ने, श्रद्धा गर्ने, सम्मान गर्ने प्रख्यात सङ्गीतकार, गायक तथा गीतकार अर्थात् गोपाल योञ्जनको जन्मजयन्ती । नेपाली संगीतको आधारस्तम्भहरू मध्येको वहाँ एक प्रमुख आधारस्तम्भ हुनुहुन्छ। हो सरोवर उनै नेपाली साङ्गीतिक धरोहरको सम्झनामा हामीले स्कुलमा एक सांस्कृतिक कार्यक्रम आयोजना गरेका थियौं । स-साना भाइबैनीहरूले भाग लिएका थिए । प्रत्येक कक्षाका विद्यार्थीहरूले अनिवार्य रूपमा भाग लिनैपर्ने थियो – एकल, युगल या समुहमा । कम्तिमा पनि एक एक वटा कार्यक्रम त प्रस्तुत गर्नैपर्ने थियो ।
कक्षा दुईको म कक्षाशिक्षका । त्यसैले मैले मेरो कक्षाको साना भाइबैहिनीहरूलाई एउटा सामुहिक नृत्य सिकाएँ । थाहा छ सरोवर, कुन गीतमा ? त्यो गीत थियो “कान्छी हे कान्छी, कान्छीको हित बोलन, मनको कुरा खोलन…………….” हो यो गीतमा सरोवर । यो गीत । याद छ सरोवर, हमीलाई सबैभन्दा मनपर्थ्यो यो गीत । हामी सानो छँदा यही गीतमा नाचेका थियौं । च्याङ्बा र मैचाङ्ग बनेर । अर्थात् कान्छा कान्छी बनेर । गुन्यूचोलो, बुलाकी, ढुङ्ग्री र तिलहरी लर्काएर म कान्छी बनेकी थिएँ भने तिमी चाहीँ दौरा सुरुवाल, कम्मरमा टिमिक्क कसको पटुकीमा सानो खुकुरी भिरेर अनि शिरमा टोपी लगाएर कान्छा बनेका थियौ………….
Please Click here to listen or download Sangeet Sarowar # 463Facebook: Sangeet Sarowar
Quote of the Day: “Dreams are illustrations from the book your soul is writing about you.” ~ Marsha Norman
No comments:
Post a Comment