संगीत सरोवर को नयाँ शृंखला...................
Sangeet Sarowar # 464
आधा दशक बितिसक्दा पनि गणतन्त्र संस्थागत हुनसकेको छैन । त्यसैले गरिबी, अशिक्षा अनि बेरोजगारीको समस्या अझै समाधान हुन सकेको छैन । जबसम्म आधारभूत आवश्यकताहरू – गाँस, बास र कपासको समस्या रहन्छ तबसम्म अन्य अवश्यकता शिक्षा र स्वास्थ्यले प्राथमिकता पाउन सक्तैन भन्ने आशय बोकेको सरोवरले आफ्नी प्रियालाई सम्बोधन गर्दै लेखेको प्रणय पत्र सरोवरको ४६४ औँ सृङ्खलामा …
* देशले रगत मागे मलाई बली चढाऊ ……. गोपाल योञ्जन
* मरेर आफू देशै जोगिन्छ किन आहुती नदिने ……. राजेश पायल राई
* मेरो वर्कतले भ्याएसम्म यो देशको सेवा गरिरहन्छु म ……. रबिन शर्मा
सरू, म आज सम्पूर्ण दिन गणतन्त्र दिवस मनाउन आयोजना गरिएको समारोहमा सहभागी भएँ । तिमीले पनि गाउँमा जनजागरणका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै गणतन्त्र दिवस मनायौ होली । तर सरू, तिमी हामी यो दिवस मनाउन सदरमुकाम, सहर केन्द्रित भइरहँदा हिमाली भेगका स्कुले नानीहरू विद्यालय छाडेर यार्सा टिप्न हिऊँको जङ्गल छिरेको खबर सुन्दैछु । हामी गणतन्त्र दिवस मनाउँदै ‘यो जनताको पर्व हो’ भन्ने सन्देश प्रवाह गराउने कोशिसमा छौं । उता आजकै दिन चरम गरीबीका कारण नानीहरूले पुस्तक त्यागे र बाटो विहीन हिँउका पाखाहरूमा पाइला राखे । कुन कुरा राष्ट्रिय महत्वको विषय हो ? यो वा त्यो ? म कार्यक्रमबाट फर्केपछि म यही विषयमा निकैबेर घोत्लिएँ सरू ।
Please Click here to listen or download Sangeet Sarowar # 464
Facebook: Sangeet Sarowar

No comments:
Post a Comment