सवाल-जवाफ गजल
गाऊँबस्ती बिर्स्यौ सानु प्रवासमा डुल्न थाल्यौ
दुई दिनको मोजमस्ति घरको दुःख भुल्न थाल्यौ।
-चन्द्री मोक्तान खुशी
घरदेश बिर्सी प्रवासमा डुल्नु पर्ने बिवशता यो
रहर होइन,क्षणिक खुशी भुल्नु पर्ने बिवशता यो
-विक्रम अर्पण
खरको छानो संगै दुःखका दिन फेर्छु भन्थ्यो,
अठोट तोडी पराइ संस्कारमा घुल्न थाल्यौ।
-चन्द्री मोक्तान खुशी
चुहिएको खरको छानो सद्दे बनाई आउनेछु म,
बिर्स्या होइन,केही पल घुल्नु पर्ने बिवशता यो
-विक्रम अर्पण
धनको थुप्रो बोकी ल्याउने सपना थाती राखी,
इज्जत सम्मान भन्द बेइज्जतले चुल्न थाल्यौ।
-चन्द्री मोक्तान खुशी
धनको थुप्रो प्रवासमा नि कहाँ पाईदो रै"छ सानू,
भुल्या छैन ईज्जत आफ्नो खुल्नु पर्ने पर्ने बिवशता यो
-विक्रम अर्पण
आफैमा छैनौ सचेत एक अर्कमा लगाई खोट,
प्रवासीले हेला घृणाको बगैचामा फुल्न थाल्यौ।
-चन्द्री मोक्तान तामाङ"खुशी"
अत्तरपूर-पाँच,सिन्धुपाल्चोक।
गुण, बैगुन हरचिजको हुन्छ नि त बुझ तिमी,
अठोट गर्छु, सत्यतामा फुल्नु पर्ने बिवशता यो
#अर्पण
प्राङ्बुङ्ग पाँचथर
No comments:
Post a Comment