Breaking News
Loading...

Friday, 16 May 2014

वुद्ध र लुम्बिनी बिषयक २५ घण्टे ऐतिहासिक रेडियो कार्यक्रम सम्पन्न.........

अष्ट्रेलिया, जेष्ठ २ - बुद्ध जयन्तीको अवसर पारेर अष्ट्रेलियाको मेलबर्नमा लगातार २५ घण्टा बुद्ध सम्बन्धी कार्यक्रम प्रसारण गरिएको छ । यहाँबाट सञ्चालित नेपाली सञ्चार रेडियोले उक्त कार्यक्रम मंगलबार रातिदेखि सुरु गरी बिहीबार दिउँसो समापन गरेको हो ।
मुख्यत बुद्धको जन्म नेपालमा भएको सन्देश दिनुका साथै कुनैपनि समस्या शान्तिपुर्वक समाधान गरिनुपर्छ भन्ने मुख्य सन्देशका साथ कार्यक्रम प्रशारण गरिएको आयोजकले बताएको छ । बिभिन्न देशका कुटनीतिज्ञहरुका साथै बुद्धिजिवीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको नेपालमा रहेका बिभिन्न १६ वटा एफएमले समेत प्रशारण गरेको आयोजकले बताएको छ । कार्यक्रमको सञ्चालन प्रमोद के सोनी, रामजी पौडेल, निबेदिता बराल, बिकास कुमार नायक, राधा लुईटेल, कर्ण राजबंशी लगायतले गरेका थिए भने नेपालबाट कुमार अविरल र मेलेसियाबाट बिक्रम अर्पणले सहयोग पुर्याएका थिए ।
कार्यक्रममा युरोपेली महासंघका नेपाली राजदुत राममणि पोखरेल, प|mान्सका लागि नेपाली राजदुत मोहनकृष्ण श्रेष्ठ, एमाले नेता तथा चिनका पुर्व राजदुत टंक कार्की, कोरियाका पुर्व राजदुत कमलप्रसाद कोइराला, गोर्खापत्रका पुर्व सम्पादक तथा लुम्बिनी बिश्वबिद्यालयका पुर्व रजिष्टार केदार शाक्य, साहित्यकार कविताराम श्रेष्ठ, भारतका इतिहासविद डा. कैलाशचन्द्र दास, लुम्बिनी कपिलबस्तु दिवस अभियानका संयोजक रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियोे ।
मेलबर्नमा गतबर्ष समेत निरन्तर २४ घण्टासम्म भगवान बुद्ध सम्बन्धि कार्यक्रम प्रशारण गरिएको थियो । कार्यक्रमको मुख्य उद्देश्य गौतम बुद्धको जन्मस्थल र उनको बारेमा सबैलाई जानकारी पुर्याउने रहेको अभियानका संयोजक श्रेष्ठले बताए । उक्त कार्यक्रममा लुम्बिनी र बुद्ध सम्बन्धि ज्ञान र अनुभव भएका बिज्ञहरुलाई सहभागी गराइएको थियो ।

No comments:

 
Toggle Footer