ए मन तँ मबाट छचल्किएर जाने छैनस
रोगी भएँ तेरै कारण बहकिएर जाने छैनस ।
फुल सम्झी माली बनेँ, काँडा बन्यो त्यही मन
आफ्नो सम्झी माया गरेँ टाँढा बन्यो त्यही मन ।
मेरै बश्मा बस न है फुत्किएर जाने छैनस्
रोगी भएँ तेरै कारण बहकिएर जाने छैनस
सधै निरश भाब्-बिह्वल हुन्छस किन त्यही यादमा ।
एउटा झरे अर्को फुल्छ रुन्छस किन त्यही यादमा ।
त्यही सम्झना पल्-पल झल्किएर जाने छैनस
रोगी भएं तेरै कारण बहकिएर जाने छैनस ।
@ बिक्रम अर्पण
प्राङ्बुङ्-४,पाँचथर्
हाल्:मलेशिया
No comments:
Post a Comment