Breaking News
Loading...

Saturday 17 January 2015

विक्रम अर्पण का ४ गजल हरु......

गजल-१

ओइलाएर फुल त्यसै झरेपछी चाल पाउँछौ 
बुझ्दैनौ,माया यो मै मरेपछी चाल पाउँछौ। 

पैले हामी सँगै रहि घण्टौ सम्म बात गर्थ्यौँ, 
मलाई घात,उता त्यस्तै परेपछी चाल पाउँछौ। 

के भुल भो?क्षण भरमै टाढिएर गयौ, 
खुशीका रङ्ग आँशु बीच छरेपछी चाल पाउँछौ। 

दौलतमा बाँधियौ कि निमेशमै भङ्ग होळा, 
आश्वाशन मात्र दिई तरेपछी चाल पाउँछौ। 

चाहे मलाई घृणा गर, म त आफ्नै मुटु ठान्छु, 
पत्तै नपाई त्यो मन अन्तै सरेपछी चाल पाउँछौ। 

गज़ल २

चर्को घाम पर्छ अनि मलाई सम्झंछौ
जब काम पर्छ अनि मलाई सम्झंछौ 

कहाँ रहन्छौ,अरुबेला अलपत्रै हुन्छौ,
दु:ख लाम पर्छ अनि मलाई सम्झंछौ 

औकात भन्दा आँट ठुलो कहाँ पूर्ण हुन्छ?
बढ्ता दाम पर्छ अनि मलाई सम्झंछौ 

सुख बाड्छौ अरु सामु दु:ख मेरो जिम्मा,
आँशु नाम पर्छ अनि मलाई सम्झंछौ 

भेटे पनि नदेखे झैँ तर्किएर हिड्छौ,
साथ हराम पर्छ अनि मलाई सम्झंछौ 

तिम्रा स्वार्थि साथहरु के-का लागि म मा?
धोका आम पर्छ अनि मलाई सम्झंछौ 

गज़ल ३

सत्य मै हुँ, राम मै हुँ रवाफ दिन्छन् अहो!
खुट्टा तान्दै साथि मै हुँ जवाफ दिन्छन् अहो!

बढाएर आत्मियता क्षण भरको लागि,
आखिरीमा अड्काएर धराप दिन्छन् अहो!

यो गर्छु म,त्यो गर्छु म भन्थ्यो हिजो सम्म,
जित्यो अनि के दियो र?बिलाप दिन्छन् अहो!

प्रचार-प्रसार निकै छ, निषेधित सबै, 
गर्नहुन्न त्यै काममा लगाव दिन्छन् अहो!

हिजो सम्म माया गर्छु,तिम्रै हुँ भन्ने,
लगानी पो पुगेन रे तनाव दिन्छन् अहो!

सफल भए कोहि खुट्टा ताने समाज,
मुखमा शुभ मनले सराप दिन्छन् अहो!

गजल ४

कोलाहल र हिंसा छर्छन् टायर जलाएर
यो भएन बिरोध गर्छन् टायर जलाएर

के सुन्लान् र सदनका ती ठुला मुखेहरुले?
मर्कामा त जनता पर्छन् टायर जलाएर

चाहियो रे टिष्टा अनि काँगडाका भुमि ,
दशगजाका सिमा सर्छन् टायर जलाएर

बिपत्ति , बिकास नाममा चन्दा उठाएर,
आखिर आफ्नो पेट भर्छन् टायर जलाएर।।।

No comments:

 
Toggle Footer